FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः- अनुमति
सेवा समयः- ३ महिनाभित्र
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निजी पूर्व प्रा.वि. रु.७००० आ.वि. रु.८००० मा.वि. रु.१००००
आवश्यक कागजातहरुः-

१) निवेदन २) कम्पनि दर्ताको प्रमाण पत्रको प्रतिलिपि ३) सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ४) गाउँपालिकाले तोकेको अन्य थप मापदण्ड (बिद्यालय कक्षा वृद्धि सिफारिसका लागि) ५) बिद्यालयको आफ्नै भवन भएमा सो को जग्गाधनी प्रमाण पुर्जा र नक्सापासको प्रमाण पत्रको प्रतिलिपि ६) भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपि ७) विद्यालय विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि ८) बजेट कार्यक्रम र लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि ९) पाठ्यक्रमहरुको विवरण १०) सम्बन्धित वडाको सिफारिस पत्र ११) सिफारिस गर्दा गाउँपालिकाबाट स्वीकृत निजि बिद्यालय संचालन मापदण्डलाई आधार लिइने छ १२) संस्थागतविद्यालयकोहकमागुठीकोभए स्वीकृतविधान पेश गर्ने

सेवा प्रकारः- दर्ता
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- प्रशासन ईकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) संस्थाको विधान
३) संस्थामा संलग्न रहने पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४) संस्था खोल्ने सम्बन्धमा गरिएको भेलाको निर्णयको प्रतिलिपि
५) कार्यालय भाडामा बस्ने भए घरधनी संग भएको सम्झौता

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- रु. ५००।-
आवश्यक कागजातहरुः-

प्रमाणित गर्नु पर्ने कागज र सो कागजलाई पुस्ट्याईं गर्ने अन्य कागजातहरु।

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय
सेवा शुल्कः- प्रति पाना रु ५
आवश्यक कागजातहरुः-

१) व्यहोरा खुलेको सम्बन्धित व्यक्ति/निकायको निवेदन
२) नागरिकता/परिचय पत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- ७ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
५) ब्लुप्रिन्ट नक्सा
६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- अनुमति
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) चिकित्सक वा स्वास्थ्यकर्मीको सम्बन्धित परिषद दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३) संस्था दर्ताको प्रमाण पत्र
४) कर चुक्ताको प्रमाण पत्र

सेवा प्रकारः- सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) नागरिकताको प्रमाणपत्र
३) विपन्नको वडा कार्यालयको सिफारिस
४) रोग निदान खुलेको अधिकारिक पत्र

सेवा प्रकारः- चलानी
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

गाउँपालिकामा बुझाउनु पर्ने कर, दस्तुर, शुल्क बुझाएपछी अधिकार प्राप्त अधिकारीले दस्तखत गरेपछि

सेवा प्रकारः- दर्ता
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ७ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्यसपछि रु २००।-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र २) अदालतको सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३) पति पत्निको नागरिकताको प्रतिलिपि ४) पतिको स्थायी ठेगाना सम्बन्धित वडामा हुनु पर्ने

Pages